आगामी तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने सरकारको लक्ष्य, बजेट ८१ अर्ब २२ करोड

Jun 18, 2026 03:05 PM Merolagani



सरकारले आगामी तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुको गुनासो सम्बोधन गर्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस्तो बताएका हुन् ।

उनले पहिलो वर्ष एक हजार र तीन वर्षभित्र तीन हजार पुलहरुको निर्माण गर्ने गरी कार्ययोजना बनाइएको बताए । स्थानीय पूर्वाधार विकास विभागमार्फत पुल निर्माणको काम अघि बढाइनेछ ।

यसवर्ष एक हजार पुल निर्माण गरिने र बाँकी दुई हजार पुलको भेरिफिकेसन नभएकाले अर्को वर्षदेखि निर्माण अघि बढाउने गरी बजेटको व्यवस्था गरिएको उनले बताउ । तीन वर्षमा तीन हजार पुल निर्माण गर्न ८१ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री लम्सालले बताए ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।