चिया उद्योगमा कार्यरत किसान र श्रमिकहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई समितिको निर्देशन

Jun 18, 2026 04:43 PM Merolagani



राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया उद्योगमा कार्यरता किसान तथा श्रमिकहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । झापा र इलाममा ८८ वटा भन्दा बढी चिया उद्योग बन्द भएपछि त्यहाँ कार्यरत किसान तथा श्रमिकको समस्या समाधान गर्न निर्देशन दिइएको समिति सभापति कृष्णप्रसाद पौडेलले बताए ।

भारतले नेपाली चिया आयातमा अघोषित रुपमा रोक लगाएसँगै चिया उद्योग बन्द हुनुका साथै त्यहाँ कार्यरत श्रमिक र किसानको रोजीरोटी समेत गुम्ने देखिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।