जोनाथन डेविडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित

Jun 19, 2026 06:23 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह बी अन्तर्गत भ्यानकुभरको बीसी प्लेस स्टेडियममा आज भएको खेलमा सह–आयोजक क्यानडाले कतारमाथि ६–० को ऐतिहासीक र विशाल जित हासिल गरेको छ।

क्यानडाको पुरुष फुटबल इतिहासमा विश्वकपमा यो पहिलो जित हो। क्यानडाका स्टार फरवार्ड जोनाथन डेविडको सानदार ह्याट्रिकको मद्दतले टोलीले कतारलाई पूर्ण रूपमा दबाबमा राख्न सफल भयो।

खेलको सुरुवातमै आक्रामक बनेको क्यानडाका लागि १६औँ मिनेटमा साइल लारिनले गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसपछि, जोनाथन डेविडले २९औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमै क्यानडालाई ३–० को बलियो स्थितिमा पुर्‍याए। उनले खेलको अन्तिम समयमा आफ्नो तेस्रो गोल पुरा गर्दै ह्याट्रिक पूरा गरेका थिए।

६४औँ मिनेटमा मैदान प्रवेश गरेका युवा मिडफिल्डर नाथन सलिबाले क्यानडाका लागि चौथो गोल गरे। ७५औँ मिनेटमा कतारका मोहम्मद मनईको आत्मघाती गोलले क्यानडाको अग्रता ५–० पुगेको थियो।

खेलको क्रममा कतारका दुई खेलाडीले रातो कार्ड पाएपछि कतारी टोली ९ खेलाडीमा सीमित भएको थियो। बक्स बाहिर खराब ट्याकल गरेपछि होमाम अहमदलाई सिधै रातो कार्ड देखाइएको थियो। त्यस्तै, ५३औँ मिनेटमा क्यानडाका मिडफिल्डर इस्माएल कोनेमाथि खराब फल गरेपछि असिम मादिबोलाई पनि रातो कार्ड दिइयो।

क्यानडाका मुख्य मिडफिल्डर इस्माएल कोने दोस्रो हाफमा खुट्टाको गम्भीर चोटका कारण मैदानबाट बाहिरिनु परेपछि क्यानडाको यो ऐतिहासिक जितमा केही खिन्नता छाएको थियो। यद्यपि, यो जितसँगै क्यानडाले समूह बी मा महत्वपूर्ण ३ अंक जोड्दै अन्तिम ३२ को यात्रालाई बलियो बनाएको छ। यसै समूहको अर्को खेलमा स्विट्जरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ। दुई खेलपश्चात बी समूहमा क्यानडा र स्विट्जरल्याण्ड समान ४ अंकसहित शीर्ष दुई स्थानमा रहेका छन्।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।