फिफा विश्वकपको एतिहासिक १०००औँ खेलमा जापानको भव्य जित, ट्युनिसिया ४–० ले स्तब्ध

Jun 21, 2026 11:53 AM Merolagani



फिफा विश्वकपको इतिहासमा एक विशेष कोशेढुङ्गा कायम भएको छ। विश्वकपकै इतिहासको १०००औँ खेलमा एशियाली शक्ति राष्ट्र जापानले ट्युनिसियामाथि ४–० को सानदार र फराकिलो जित हासिल गरेको छ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह एफ को उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘सामुराई ब्लु’ (जापान) ले नकआउट चरणको यात्रा निकै बलियो बनाएको छ।

जापानले खेलको सुरुवातदेखि नै ट्युनिसियामाथि पूर्ण नियन्त्रण कायम राखेको थियो। खेलभरि नीलो जर्सीमा उत्रिएका जापानी खेलाडीहरूको गति र तालमेल अगाडि ट्युनिसियाको रक्षापंक्ति निरीह देखिएको थियो। खेल सुरु भएको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई १–० को सुरुवाती अग्रता दिलाए। खेलको ३१औँ मिनेटमा स्टार फरवार्ड अयासे उएडाले गोल गर्दै पहिलो हाफमै जापानको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि जापानको आक्रमण रोकिएन। ६९औँ मिनेटमा जुन्या इतोले टोलीका लागि तेस्रो गोल थपे। खेल सकिन लाग्दा ८३औँ मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानको ४–० को विशाल जित सुनिश्चित गरे।

उक्त खेल फिफा विश्वकप इतिहासकै १ हजारऔँ खेल भएकाले फुटबल इतिहासमा यसको छुट्टै महत्व रहेको छ। आफ्नो पहिलो खेलमा बलियो नेदरल्याण्ड्सलाई २–२ को बराबरीमा रोकेको जापानले आजको जितसँगै २ खेलबाट ४ अंक जोडेको छ र समूह एफ को शीर्ष स्थानमा सुरक्षित छ।

पहिलो खेलमा स्विडेनसँग ५–१ को लज्जास्पद हार बेहोरेको ट्युनिसियाको यो लगातार दोस्रो हार हो। लगातार २ खेलमा ९ गोल खाएको ट्युनिसियाको नकआउट चरणमा पुग्ने सम्भावना अब गणितीय रूपमा मात्र बाँकी रहेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।