विष्णु पौडेललाई ७ दिन थुनामा राख्न विशेष अदालतको अनुमति

Jun 23, 2026 08:04 PM MeroLagani



विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।

​अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो। ​सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको थियो। उनलाई म्याद थपका लागि मंगलबार विशेष अदालतमा पेस गरिएको थियो। म्याद सकिएपछि विभागले उनलाई पुनः अदालत उपस्थित गराउनुपर्नेछ। पौडेल पक्राउ परेपछि एमालेले यसलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।