चालु आवको जेठमसान्तसम्म लघु बीमा कम्पनीहरू सहित निर्जीवन बीमा कम्पनीले कुल ३१ लाख ६ हजार ६ सय २२ वटा बीमालेख जारी भएका छन्। चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले कुल ४१ करोड ८७ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै दुई लाख ७५ हजार नौ सय ७० वटा बीमालेख जारी गरेका छन्।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड व्यावसायिक रूपमा सबैभन्दा अगाडि देखिएको छ। शिखर इन्स्योरेन्सले जेठ मसान्तसम्ममा दुई लाख ९७ हजार सात सय ३४ वटा बीमालेख जारी गरी ५६ करोड २६ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४७ करोड ७३ लाख ९२ हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४७ करोड ६० लाख आठ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै मुख्य प्रतिस्पर्धीका रूपमा आफूलाई उभ्याएका छन्। सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ जसले यस अवधिमा १४ करोड २५ लाख ६७ हजार रुपैयाँ मात्र संकलन गरेको छ।
पछिल्लो समय सञ्चालनमा आएका लघु निर्जीवन बीमा कम्पनीहरूले पनि बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्स गरी चारवटा लघु बीमा कम्पनीहरूले जेठ मसान्तसम्ममा कुल ११ करोड ९६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। लघु बीमातर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै अर्थात तीन करोड ४० लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्सले सबैभन्दा कम दुई करोड ७३ लाख ५३ हजार रुपैयाँ संकलन गरेको देखिन्छ।
प्रादेशिक व्यापारको हिसाबले बागमती प्रदेश निर्जीवन बीमा व्यवसायको मुख्य केन्द्र बनेको छ। बागमती प्रदेशबाट मात्रै कुल तीन अर्ब १२ करोड १८ लाख ९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ जुन कुल बजारको ठूलो हिस्सा हो। यसको विपरीत कर्णाली प्रदेशमा निर्जीवन बीमाको पहुँच सबैभन्दा कम देखिएको छ जहाँबाट समीक्षा अवधिमा मात्र ४ करोड ३८ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। व्यवसायगत विधाका आधारमा मोटर बीमा र सम्पत्ति बीमाको हिस्सा सबैभन्दा ठूलो रहेको छ जसले नेपालमा निर्जीवन बीमाको मुख्य स्रोत सवारी साधन र सम्पत्ति सुरक्षा नै रहेको पुष्टि गर्दछ।
जेठ मसान्तसम्मको निर्जीवन बीमा कम्पनीहरूको व्यावसायिक विवरण तालिकामा यस प्रकार रहेको छ:
| बीमकको नाम |
जारी बीमालेख संख्या |
कुल बीमाशुल्क (रु. लाखमा) |
| नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड |
१७६,११४ |
१९,७७५.४३ |
| दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड |
४२,७९२ |
२८,०२१.५५ |
| राष्ट्रिय बीमा कम्पनी लिमिटेड |
२७,५८८ |
१४,२५६.७९ |
| नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड |
२४,१०७ |
११,९७१.३३ |
| नेको इन्स्योरेन्स लिमिटेड |
२७५,६१६ |
३२,८८२.३९ |
| प्रभु इन्स्योरेन्स लिमिटेड |
१०१,३२४ |
१६,४९४.१४ |
| शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड |
२९७,७३४ |
५६,२६३.७४ |
| एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड |
१९९,९७७ |
३७,३१५.४१ |
| हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड |
३१२,५५३ |
४७,६०८.०४ |
| सानीमा जिआईसी इन्स्योरेन्स लिमिटेड |
११४,७९० |
२५,५५१.१९ |
| सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड |
२४५,३०९ |
३९,२०२.७५ |
| सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड |
२४३,४४४ |
४७,७३९.२८ |
| आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड |
२१०,७११ |
३९,१२१.१२ |
| युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड |
३७८,९५१ |
२७,६६१.४७ |
| निर्जीवन बीमक जम्मा (क) |
२,६५१,०१० |
४४३,८६४.६२ |
| नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड |
११०,०६४ |
२,९७३.९१ |
| प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड |
१३१,४२४ |
३,४०६.८६ |
| स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड |
१२५,९६५ |
२,८५३.७६ |
| ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड |
८८,१५९ |
२,७३५.३५ |
| लघु बीमक जम्मा (ख) |
४५५,६१२ |
११,९६९.८९ |
| कुल जम्मा (क+ख) |
३,१०६,६२२ |
४५५,८३४.५० |