नेपाली ईभी बजारमा नयाँ लहरः ५३० किमी रेन्ज र ७–सिटर सुविधासहित ‘वुलिङ एक्सिओन’ भित्रिँदै

Jun 25, 2026 05:36 PM Merolagani



नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘वुलिङ एक्सिओ’ नेपाल भित्र्याउने घोषणा गरेको छ।

विश्वविख्यात अटोमोबाइल साझेदारी SAIC-GM-Wuling द्वारा निर्मित यो गाडी आगामी नाइमा मोबिलिटी एक्सपो २०२६ मा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।

पछिल्लो समय नेपाली ईभी बजारमा साना क्रसओभर वा महँगा लक्जरी एसयूभीको मात्र विकल्प भइरहेका बेला, वुलिङ एक्सिओनले ठूला परिवार र लामो दूरीको यात्रा गर्ने ग्राहकका लागि ‘गेम-चेन्जर’ सावित हुने कम्पनीको दाबी छ।

यस्ता छन् विशेषताहरू

यो एसयूभी आवश्यकता अनुसार ५ वा ७ सिटर बनाउन मिल्ने सुविधा छ । यो गाडीको सबैभन्दा ठूलो विशेषता यसको सिट व्यवस्थापन हो। २,८१० एमएमको लामो ह्विलबेस भएको यस गाडीमा तेस्रो लहरका सिटहरूलाई आवश्यकता अनुसार फोल्ड गर्न सकिन्छ। ५ जना यात्रा गर्दा ५४० लिटरको बुट स्पेस उपलब्ध हुन्छ भने सिट फोल्ड गर्दा सामान ढुवानीका लागि २,९१६ लिटरसम्मको विशाल स्पेस बनाउन सकिन्छ।

५३० किमीको रेन्ज र द्रुत चार्जिङ सुविधा

लामो यात्राका लागि उपयुक्त यस एसयूभीमा ६९.२ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यसले एक पटकको फुल चार्जमा ५३० किमी सम्मको रेन्ज दिन्छ। साथै, यसको फास्ट चार्जिङ प्रविधिले मात्र २० मिनेटमा ब्याट्रीलाई ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

नेपाली सडक सुहाउँदो मजबुत बनावट

नेपालका खाल्डाखुल्डी र पहाडी बाटोलाई मध्यनजर गर्दै यसको बडीमा ७४.९ प्रतिशत उच्च–शक्तियुक्त स्टील प्रयोग गरिएको छ। यसमा ‘म्याजिक ब्याट्री २.०’ छ जुन अग्नि र पन्चर प्रतिरोधी छ। साथै, कच्ची बाटोमा आरामदायी यात्राका लागि यसमा मल्टि-लिंक रियर सस्पेन्सन दिइएको छ।

पहाडी उकालाका लागि शक्तिशाली मोटर

वुलिङ एक्सिओनमा १५० किलोवाटको मोटर र ३१० एनएमको इन्स्ट्यान्ट टर्क छ। यसले ७ जना यात्रु र सामानसहितको भारमा पनि नेपालका ठाडा उकालाहरू सजिलै काट्न मद्दत गर्छ। सुरक्षाका लागि यसमा एड्भान्स्ड ड्राइभर एसेसटेन्स सिस्टमअन्तर्गत अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र एडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुविधाहरू छन्। ३६०–डिग्री क्यामेरा र ‘ट्रान्सपेरन्ट चेसिस’ फिचरले चालकलाई गाडीमुनिको सतह र अवरोधहरू भित्रैबाट स्पष्ट देख्न सघाउँछ।

अन्य मोडलहरू पनि प्रदर्शन गरिने

प्यारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्सपो २०२६ मा एक्सिओनसँगै वुलिङका अन्य नयाँ मोडलहरू- वुलिङ मिनी ईभी (४ ढोका), वुलिङ डेरियन एमपिभी र वुलिङ बिङ्गो ईभी पनि प्रदर्शन गर्ने जनाएको छ। देशभर फैलिएको प्यारामाउन्ट मोटर्सको शोरुम र सर्भिस नेटवर्कका कारण वुलिङका गाडीहरू नेपाली ग्राहकका लागि भरपर्दो छनौट हुने कम्पनीको विश्वास छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।