प्रि ओपन सेसन अपडेटः साढे ५ अंक घट्यो नेप्से

Jun 29, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २.०० अंक घटेर २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६९ अंक घटेर २६४३.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४० स्टकको ७० पटकको कारोबारमा १ करोड २६ लाख ९४ हजार ६९५ रुपैयाँ ६० पैसाबराबरको २९ हजार ८९८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।