नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।