निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेकाे प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि सुरू भएकाे छ। छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी छन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक हिजाे निजी क्षेत्रका तीन ठूला छाता संगठन (एफएनसीसीआई, सीएनआई र चेम्बर) का प्रतिनिधिहरूसँग झण्डै दुई घण्टा लामो घनीभूत छलफल गरेका प्रधानमन्त्री बालेन साहले आज निर्माण व्यवसायीसँग छलफल गर्दैछन्।