निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्र अर्थतन्त्रले गति लिनेछः कुलमान

Jul 10, 2026 10:50 AM Merolagani



उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्र अर्थतन्त्रले गति लिने बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबिच भएको छलफलपछि सामाजिक सञ्जालमा धारणा राख्दै घिसिङले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले उद्योग व्यवसायी र निर्माण व्यवसायीहरूसँग गरेको छलफलले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्नेछ। अहिले सबै क्षेत्रमा त्रासको वातावरण रहेको बेला आत्मविश्वास जगाउन महत्वपूर्ण छ। व्यवसायीहरूलाई लगानी र काम गर्ने वातावरण बनाउन राज्यले सहजीकरण र सहयोगीको भूमिका निभाउन जरूरी छ। कर्मचारी, लगानीकर्ता, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्दै मनोबल उच्च बनाएर मात्र अर्थतन्त्रले गति लिनेछ। जलविद्युत लगायत अन्य क्षेत्रमा पनि सरकारको ध्यान जाओस्।’




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ