सातामा करिब २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jul 11, 2026 05:46 AM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९८ प्रतिशत अर्थात ५२.६२ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३० अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३२.४० प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३.२२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १३.५९ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९० अर्ब रुपैयाँ घटेर ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७९ प्रतिशत घटेको छ। गत साता २१.६४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.१७ अंक घटेर २१.४७ विन्दुमा बन्द भएको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। गत साता २४६२.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७३.७८ अंक घटेर २३८८.४७ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २९६.१५ अंक घटेको छ।

यस साता २ कम्पनीको कुल ९३ लाख २७ हजार ८५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र हिमालयन पावर पार्टनरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कालंगा हाइड्रोको शेयरमूल्य सर्वाधिक ३०.५७ प्रतिशत बढेको छ। गत साता ३९० रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सानिगाड हाइड्रोको शेयरमूल्य २३ प्रतिशत बढेको छ भने स्नो रिभर्सको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक २५.६० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा नबिल ब्यालेन्स्ड फण्ड ३, समृद्धि फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माउन्टेन इनर्जी नेपाल, कुमारी धनवृद्धि योजना, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।