भारतमा पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा शुरु

Jul 19, 2026 11:46 AM Merolagani



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गरेका छन् । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ ।

भारतमा पहिलो पटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो । यस प्रविधिले हाइड्रोजन इन्धन सेलको माध्यमबाट विद्युत उत्पादन गर्दछ, जसलाई डिजेलबाट चल्ने रेलको तुलनामा स्वच्छ र वातावरणमैत्री विकल्प मानिएको छ ।

यस विकाससँगै भारत हाइड्रोजन रेल सञ्चालन गर्ने चीन, जर्मनी, जापान र अमेरिका जस्ता सिमित देशहरूको समूहमा सामेल भएको छ । अधिकारीहरूकाअनुसार यस प्रणालीको मुख्य केन्द्रमा १,२०० किलोवाटको ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ रहेको छ । यसले हाइड्रोजन र अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गर्दछ । यस प्रक्रियामा उप–उत्पादनका रूपमा केवल पानीको बाफ र ताप मात्र उत्सर्जन हुने भएकाले यो रेल यातायातको सबैभन्दा स्वच्छ स्वरूपमध्ये एक हो ।

१० वटा कोच रहेको यस हाइड्रोजन रेललाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न अनुमति दिइएको छ भने यसको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यस रेलमा करिब २,६०० यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।