सेवा शुल्क महँगीएपछि पठाओ, इन्ड्राइभ, याङ्गो चढ्नेहरुले 'बिकल्प खाेज्न' थाले

Jul 19, 2026 12:11 PM Merolagani



सेवा शुल्क महँगीपछि पठाओ, इन्ड्राइभ, याङ्गो चढ्नेहरु बिकल्प खाेज्न थालेका छन् । सरकारले साउन १ गतेदेखि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएपछि सेवाग्राहीहरुले बिकल्प खाेज्न थालेका हुन् ।

केहीले सार्वजनिक सवारी साधन बसकाे प्रयाेग गर्न थालेका छन् भने केही पुरानाे भएपनि आफ्नै सवारी साधान खरिद गर्न थालेका छन् ।

१०० रुपैयाँको राइड गर्दा ६ रुपैयाँ सरकारले लिन थालेको छ । शुक्रबारदेखि भएका प्रत्येक राइडमा सरकारले ५ प्रतिशत मूल्य अभिवृद्धि कर र एक प्रतिशत कारोबारको टीडीएस समेत गरी ६ रुपैयाँ लिन थालेको छ ।

यो सरकारी व्यवस्थासँगै राइड सेयरिङ कम्पनीहरुले आफ्ना राइडर र क्याप्टेनहरुलाई सूचना जारी गर्दै यस्तो रकम ‘तिर्न बाँकी रकम’को रूपमा जोडिने र राइडरले अनिवार्य रुपमा पठाउनुपर्ने निर्देशन जारी गरेको छ ।

अहिले राइड सेयरिङ कम्पनीहरूले एप्लिकेसन सर्भिसबापत २० प्रतिशतसम्म कमिसन लिँदै आएका छन् । पठाओले २० प्रतिशतसम्म, इन्ड्राइभले १० प्रतिशत, याङ्गोले ३ प्रतिशत कमिसन लिँदै आएका छन् ।

सरकारी राजस्वसँगै अब कर र सेवा शुल्क मात्रै २६ प्रतिशतसम्म पुगेको छ । यसमा इन्धन, मर्मत, मोबाइल डाटा, भ्वाइस लगायत समावेश छैनन् ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।