क्लिकदेखि घरको दैलोसम्म: ‘स्मार्टडोको’को ७ वर्षे यात्रा र सुविनमान प्रधानको व्यावसायिक अनुभव

Jul 19, 2026 06:06 PM Merolagani



नेपालमा ईकमर्सको बजार आज जति सहज र लोकप्रिय देखिन्छ, केही वर्षअघि यसको अवस्था त्यस्तो थिएन। अनलाइनबाट सामान किन्न सकिन्छ भन्ने कुरा धेरै नेपालीका लागि नयाँ मात्र होइन, अविश्वसनीय समेत थियो। ग्राहकहरू अनलाइनमा पैसा तिरेपछि सामान आउँछ कि आउँदैन भन्नेमा ढुक्क थिएनन्। 

व्यवसायीहरू पनि आफ्नो सामान डिजिटल प्लेटफर्ममा राख्न त्यति उत्साहित थिएनन्। यही अवस्थामा नेपालमा ई–कमर्सको सम्भावना देख्दै सन् २०१७ मा एउटा नयाँ डिजिटल सपनाका रूपमा जन्मियाे ‘स्मार्टडोको’ ।

‘डोको’ नेपाली समाजमा सामान बोक्ने परम्परागत माध्यमको प्रतीक हो। यही भावनालाई डिजिटल युगसँग जोड्दै ‘स्मार्टडोको’ले मोबाइल र इन्टरनेटको माध्यमबाट ग्राहकको घरदैलोसम्म आवश्यक सामग्री पुर्याउने लक्ष्य लियो। सामान्य अनलाइन सपिङ प्लेटफर्मका रूपमा सुरु भएको ‘स्मार्टडोको’ आज नेपाली डिजिटल बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यस यात्राका साक्षी र सारथि हुन्, ‘स्मार्टडोको’ का जनरल म्यानेजर सुविन मान प्रधान।

‘स्मार्टडोको’ को सुरुवाती दिन सम्झिँदा सुविनमान प्रधानका लागि त्यो यात्रा चुनौतीपूर्ण थियो। त्यसबेला नेपालमा ई–कमर्सको अवधारणा विस्तारै विकास हुँदै थियो। ग्राहकमा अनलाइन सपिङसम्बन्धी पर्याप्त जानकारी थिएन भने व्यवसायीहरूलाई पनि डिजिटल प्लेटफर्ममार्फत व्यापार गर्न विश्वास दिलाउनुपर्ने अवस्था थियो।

उनि भन्छन् “त्यतिबेला मानिसहरूमा ई–कमर्सप्रति विश्वास नै थिएन,” सुविन सम्झिन्छन्, “एकातिर भेन्डरहरूलाई हाम्रो प्लेटफर्ममा आबद्ध गराउनु थियो भने अर्कोतिर ग्राहकलाई अनलाइनबाट किनेको सामान पनि गुणस्तरीय र सुरक्षित रूपमा घरसम्म आइपुग्छ भनेर बुझाउनु थियो।” एकातिर सामान बेच्ने भेन्डरहरूलाई आफ्नो डिजिटल प्लेटफर्ममा आबद्ध गराउनु पर्ने चुनौती थियो भने अर्कोतिर ग्राहकलाई 'अनलाइनबाट किनेको सामान राम्रो आउँछ' भनेर बुझाउनु पर्ने। सुविन भन्छन्, "हामीले भेन्डरहरूलाई भेटेर हाम्रो लेआउट देखायौँ, यसले कसरी काम गर्छ भनेर बुझायौँ र बिस्तारै एउटा विश्वासको वातावरण सिर्जना गर्यौँ।"

नेपालमा भाटभटेनी जस्तो सुपरमार्केटको आफ्नै गरिमा छ। ‘स्मार्टडोको’ले आफूलाई 'डिजिटल भाटभटेनी' को रूपमा स्थापित गर्ने प्रयास गर्यो। इलेक्ट्रोनिक्सदेखि ग्रोसरीसम्म, बेबी केयरदेखि हेल्थ एन्ड ब्यूटीसम्मका सामग्रीहरू एकै ठाउँमा उपलब्ध गराउनु यसको विशेषता बन्यो। "हाम्रो मुख्य उद्देश्य भनेकै २४ घण्टाभित्र डेलिभरी दिनु हो," सुविन भन्छन्। सामानको गुणस्तरमा कुनै सम्झौता नगर्नु र भेन्डरहरूको कडा छनोट गर्नुले नै स्मार्टडोकोलाई अरूभन्दा फरक बनाएको उनको दाबी छ।

सन् २०१९ को अन्त्यतिर विश्वभर फैलिएको कोभिड–१९ नेपालका लागि पनि ठूलो संकट थियो। बजार ठप्प थियो, तर मानिसलाई अत्यावश्यक सामग्रीको खाँचो थियो। त्यतिबेला ‘स्मार्टडोको’ले सरकारसँग समन्वय गरेर डेलिभरी सुरु गर्यो। सुविन भन्छन्, "त्यो समयमा अर्डरको चाप यति धेरै थियो कि त्यसलाई व्यवस्थापन गर्नु हाम्रो लागि ठूलो चुनौती थियो। तर, हामीले ग्राहकको घरदैलोमा सामान पुर्याएरै छाड्यौँ।"

अन्तर्वार्ताका क्रममा सुविनले नेपालको स्टार्टअप इकोसिस्टममा देखिएको एउटा रोगबारे पनि चर्चा गरे 'देखासिखी'। "एउटा चिया पसल चल्यो भन्दैमा सबैले चिया पसल नै खोल्नु पर्छ भन्ने छैन," उनी सुझाव दिन्छन्। स्टार्टअप सुरु गर्ने युवाहरूलाई उनी कम्तीमा २–३ वर्षको दीर्घकालीन योजना र पर्याप्त 'क्यास फ्लो' (नगद प्रवाह) राखेर मात्र मैदानमा उत्रन सल्लाह दिन्छन्।

‘स्मार्टडोको’को ७ वर्षको यात्राले के सिकाउँछ भने, व्यापार केवल नाफा कमाउनु मात्र होइन, ग्राहकको विश्वास जित्नु पनि हो। सुविन मान प्रधानको नेतृत्वमा स्मार्टडोकोले नेपाली ग्राहकलाई 'क्लिक' को भरमा विश्वस्तरीय सपिङ अनुभव दिलाउने प्रयास जारी राखेको छ। प्रविधि र विश्वासलाई सँगै लैजान सके नेपालमा डिजिटल व्यापारको भविष्य उज्ज्वल छ भन्ने उदाहरण बनेको छ स्मार्ट डोको।

भिडियाे

 




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।