गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो।
अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो। सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ।