भारतबाट कपडा आयात गरी होलसेल व्यापार गर्दै आएका जिन्दल पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण आर्थिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ५२ वर्षीय जिन्दलको कोठामा विषसमेत फेला परेकाले उनले विष सेवन गरेर हामफालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
लामो समयदेखि डिप्रेसन, उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका उनलाई हामफाले लगत्तै उपचारका लागि स्तुपा अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको पसल बौद्धमै रहेको थियो ।