राजदूत बन्न अत्यधिक आकर्षण, १३ राजदूतका लागि ३ हजार आवेदन

Jul 22, 2026 12:14 PM Merolagani



राजदूत बन्नका लागि अत्यधिक आकर्षण देखिएकाे छ । १३ राजदूतका लागि ३ हजारले आवेदन दिएका छन् ।

नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनाेट हुन लागेसँगै यति धेरै आवेदन परेका हुन् । परराष्ट्र मन्त्रालयले दोहोरिएका आवेदनहरु हटाएर आगामी सातादेखि प्रारम्भिक छनोट प्रक्रिया सुरु गर्ने जनाएको छ ।

सरकारले गत १४ जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनोट प्रक्रियासम्बन्धी सात पृष्ठ लामो कार्यविधिसहितको सूचना प्रकाशित गरेको थियो । यस प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको बहस चलिरहेका बेला सर्वोच्च अदालतले सरकारसँग नियुक्ति प्रक्रियाबारे लिखित जवाफ माग गरेको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।