सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Jul 23, 2026 10:57 AM Merolagani



साउन ७ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।