एक हप्तामा सुनको मूल्य ५ हजार ३०० रुपैयाँले घट्यो, अन्य दिन कतिमा भयो कारोबार ?

Jul 18, 2026 Merolagani



नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, गत असार २६ गते शुक्रबारदेखि साउन १ गते शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा ५ हजार ३०० रुपैयाँको गिरावाट आएको हो ।

महासंघकाअनुसार, गत २६ गते सुन प्रतितोला करिब २ लाख ८७ हजार ४०० रुपैयाँ हाराहारीमा कारोबार भएको थियो । २८ गते आइपुग्दा मूल्यमा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको देखिन्छ ।

असार २९ गते सोमबारदेखि सुनको मूल्यमा गिरावट सुरु भएको चार्टले देखाउँछ । २९ गते सोमबार  घटेर २ लाख ८५ हजार ५०० हाराहारीमा झरेको सुन ३० गते झनै ओरालो लाग्दै करिब २ लाख ८४ हजार २०० रुपैयाँमा आइपुगेको थियो । यो साताभरिको तथ्याङ्कमा ३० गते सुनको मूल्य सबैभन्दा न्यून विन्दुमा आइपुगेको देखिन्छ ।

महिनाको अन्तिम दुई दिन अर्थात् ३१ र ३२ गते भने सुनको मूल्यमा पुनः सामान्य सुधार आएको थियो । ३१ गते ८०० रुपैयाँले बढेर करिब २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यस्तै असार ३२ गते पनि ४०० रुपैयाँले मूल्य वृद्धि भई २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यद्यपि, नयाँ महिनाको पहिलो दिन अर्थात् साउन १ गते भने सुनको मूल्यमा पुनः भारी गिरावट आएको छ । ३२ गतेको तुलनामा करिब ३ हजार १०० रुपैयाँ भन्दा बढीले घटेर साउन १ गते सुन प्रतितोला करिब २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा आउने परिवर्तन र आर्थिक गतिविधिका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा यसरी दिनहुँजसो उतारचढाव आइरहेको व्यवसायीहरु बताउँछन् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।