सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Jul 14, 2026 10:58 AM Merolagani



असार ३० गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएको हो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।