सुनचाँदीको मूल्य बढ्यो

Jul 10, 2026 10:51 AM Merolagani



असार २६ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। केहि दिनदेखि निरन्तर घटिरहेको सुन आज भने बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।