सुनचाँदीको मूल्यमा गिरावट

Aug 19, 2026 10:58 AM Merolagani



 भदौ ३ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ ।  यस दिन सुन तोलाको दुई हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।