नाफासँगै बढ्यो प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य मुनाफा कति?

Aug 14, 2026 09:31 AM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२२ गुणा रहेको छ।

असार मसान्तसम्ममा १ अर्ब ९० करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ।

२० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष गत आर्थिक वर्ष १ठ.७६ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ५.४६ प्रतिशत र कर्जा तथा सापटी ८.२९ प्रतिशत बढेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।