सो अवधिसम्ममा बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशत र सञ्चालन मुनाफा ६४.२६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ।
१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप समीक्षा अवधिमा ३७.११ प्रतिशत बढेको छ भने कर्जा १३.६० प्रतिशत बढेको छ।
