गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.२२ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३ करोड ५ लाख रुपैयाँबाट घटेर ९४ करोड १ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४२ पैसा बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.७७ गुणा रहेको छ।
११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
