एक सातामा ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको तीन लाख नाघ्यो

Aug 15, 2026 05:41 AM Merolagani



पछिल्लो एक साताको अवधिमा सुनको मूल्य ४ हजार ७०० रुपैयाँले बढेको छ ।

गत साउन २३ गते शनिबार २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य साउन २९ गते शुक्रबारसम्म आइपुग्दा ४ हजार ७०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन २४ गते आइतबार एकैदिन ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियाे ।

त्यस्तै, साउन २५ गते सोमबार भने २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । साउन २६ गते मंगलबार पनि एकैचोटी ६ हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, साउन २७ गते बुधबार भने १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको थियाे । उक्त दिन सुनको मूल्य ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साउन २८ गते बिहीबार पनि प्रतितोलामा ५०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

र, साउन २९ गते शुक्रबार ४६०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको मूल्यमा तीव्र उतारचढाव आएको महासंघले जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।