सुनको मूल्यमा उल्लेख्य वृद्धि हुने क्रम जारी

Aug 23, 2026 11:13 AM Merolagani



नेपाली बजारमा सुनको मूल्य उल्लेख्य वृद्धि हुने क्रमा जारी रहेको छ। भदौ ७ गते, आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।