आजदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, आवतजावत गर्न कति लाग्छ शुल्क ?

Jul 27, 2026 05:37 AM Merolagani



आज अर्थात साउन ११ गते सोमबारदेखि नागढुंगा सुरुङमार्ग आयोजना औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । सुरुङमार्गको सम्पूर्ण कार्य सम्पन्न भइ आजदेखि औपचारिक रुपमा उद्घाटन हुनेछ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल जापान सहयोग नियोग(जाइका)का प्रमुखलगायतकाे सहभागितामा सोमबार ११ बजेट उद्घाटन हुनेछ । काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोलासम्म पुग्ने यो टनेल काठमाडौं आउन र जान प्रयोग गरिनेछ ।

२६८० मिटर लम्बाइको यो सुरुङमार्ग वि.सं २०७६ कात्तिक ४ मा तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका थिए ।

 

साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सुरुङमार्गको निर्माण जापनीज हाज्मा आन्दो जेभीमार्फत भइरहेको थियो । विभिन्न कारण देखाउँदै जापनीज ठेकेदारले चार पटकसम्म म्याद थप गरेर आयोजना निर्माण सम्पन्न गरेको हो ।

कसरी उठाइन्छ र कति लाग्छ शुल्क ?

उद्घाटन लगत्तै यो नागढुंगा सुरुङमार्गमा अत्यावश्यक सवारीका लागि मात्र प्रवेश दिइँदैछ । अर्थात, मोटरसाइकल, पेट्रोल ट्यांक, ग्यास बुलेटजस्ता मालबाहक सवारीहरु तत्काल चल्ने छैनन् ।

यो सुरुङमार्ग प्रयोग गर्न टोल बुथमा शुल्क उठाइनेछ । शुल्क तिर्न सम्वन्धित बैंकमार्फत एन–ट्याग (आरएफआइडी) स्टिकर आफ्नो सवारीमा टाँस्नुपर्ने हुन्छ । त्यही आरएफआइडीमा ब्यालेन्स राखेरपछि त्या सुरुङमार्ग प्रवेश गर्दा स्वतः सिस्टमले शुल्क काट्ने गर्छ ।

सुरुवातमा बस, माइक्रो, कारजस्ता चार पाङ्ग्रे गाडीहरुलाई प्राथमिकता दिइनेछ । काठमाडौं भित्रिँदा र काठमाडौंबाट बाहिरिँदा छुट्टाछुट्टै शुल्क तय गरिएको छ । कार, भ्यान, पिकअप र जीपजस्ता चार पांग्रे सवारीका लागि काठमाडौं भित्रिदा ६५ रुपैयाँ र बाहिँरिदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनिबस, मिनि ट्रिपर र टंकहरुले काठमाडौं भित्रिदा ११५ रुपैयाँ र बाहिँरिदा ८० रुपैयाँ तिर्नुपर्छ ।

ठूला बस र ट्रंकहरुले काठमाडौं भित्रिँदा २६० रुपैयाँ र बाहिँरिदा २०० रुपैयाँ तिरे पुग्छ । त्यस्तै, मल्टी एक्सेल ट्रंक र भारी उपकरणसहितका सवारीका लागि भित्रिँदा ६०० रुपैयाँ र बाहिँरिदा २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

कुल २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माण सम्पन्न हुँदा लागत ३० अर्ब नाघेको छ । जाइकाको २२ अर्ब ऋण सयोग र बाँकी नेपाल सरकारले खर्च गरेर सुरुङमार्ग निर्माण गरिएको हो ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।