नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन, तत्कालका लागि अत्यावश्यक सवारी मात्र चल्ने

Jul 27, 2026 11:21 AM Merolagani



नेपालको पहिलो आधुनिक सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एक विशेष समारोहका बीच सुरुङमार्गको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको समेत सहभागिता रहेको थियो । जापान सरकारको ऋण सहयोग र प्राविधिक सहयोगमा निर्माण भएको यो आयोजना नेपालको पूर्वाधार विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

सुरुमा अत्यावश्यक सवारीलाई मात्र अनुमति

सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भए पनि तत्कालै सबै प्रकारका सवारीसाधनका लागि भने खुला गरिने छैन । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी र अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ ।

तीन महिनाको परीक्षणकाल

आयोजनाले आगामी करिब तीन महिनासम्मलाई ‘ट्रायल ओपनिङ पिरियड’ (परीक्षणकाल) का रूपमा तय गरेको छ । यस अवधिमा सुरुङभित्रको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको सूक्ष्म मूल्याङ्कन गरिनेछ । परीक्षण सफल भएपछि र सुरक्षाको पूर्ण प्रत्याभूति भएपछि मात्र सर्वसाधारणका अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश अनुमति दिइनेछ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।