सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाली उत्पादन निर्यातमा देखिएका कानुनी र प्राविधिक अड्चनहरू हटाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्। व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गरी स्वदेशी वस्तुको प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो।