९ मेगावाटको खिम्ती–घवाङ जलविद्युत् आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड लगानी

Jul 28, 2026 04:17 PM Merolagani



वन्डर्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ९ मेगावाट क्षमताको ‘खिम्ती–घवाङ साना जलविद्युत् आयोजना’ मा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

आयोजना र बैंकबीच २०८३ साउन १२ गते ऋण लगानी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका  छन् ।

 

आयोजनाको लागत र वित्तीय अवस्था

कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणमार्फत र बाँकी ५६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) मार्फत जुटाइनेछ । कम्पनीका अनुसार ५६ करोडमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको छ भने बाँकी रकम आगामी असोज महिनाभित्र जुटाउने लक्ष्य राखिएको छ ।

कहाँ बन्दैछ आयोजना ?

यो आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं। १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ को सिमाना भएर बहने खिम्ती–घवाङ खोलामा निर्माण भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

यो आयोजना गौरीशङ्कर संरक्षण क्षेत्र भित्र निर्माण भइरहेको छ । कम्पनीका प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालका अनुसार, हाल नेपालमा बनिरहेका जलविद्युत् आयोजनामध्ये हाइड्रो सेलेक्ट टुल्स प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सामाजिक तथा वातावरणीय हिसाबले निर्माण गरिने यो पहिलो आयोजना हुनेछ ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट प्राप्त भइसकेको छ । हालसम्म पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह र जग्गा खरिदको काम सम्पन्न भइसकेको छ । सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणका लागि ठेक्का सम्झौता भई काम तीव्र गतिमा अगाडि बढेको छ ।

आयोजनाको निर्माण कार्य आगामी २०८४ साल चैतभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।