जिल्ला न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रको कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । गोल्छाले दुवै कसुरबापत १ करोड धरौटी बापत बैंक ज्ञारेन्टी राखेर मंगलबारै छुटेका छन् ।
गोल्छाविरुद्ध गत जेठ २८ गते अदालतमा मुद्दा दायर भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई हिमालय रि–इन्स्योरेन्ससँग जोडेर सीआईबीले गरेको अनुसन्धानपछि मुद्दा चलाइएको थियो ।