सिल्क ग्रुपद्वारा ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालन, छिट्टै आईपीओमा जाने घोषणा

Jul 30, 2026 11:43 AM Merolagani



सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी चाइना बजार ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । चाईना बजारले प्रारम्भिक चरणमा व्यवसायदेखि–ग्राहक (बिटुसी) मोडलमार्फत सेवा शुरु गरेको सिल्क ग्रुपको अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।

उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनकाअनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगन्ज र भैरहवामा थप दुई वटा ‘एक्स्पेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि–व्यवसाय (बिटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिनसक्ने उनको भनाई छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाई छ । सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणको लागी आईपीओ जारी गर्ने घोषणा गरे ।

उनले भने, ‘सिल्क ग्रुपले व्यवासाय विविधिकरण गर्दै ई–कमर्स प्लेटफर्म चाइना बजार संचालनमा ल्याएको छ । शुरुमा चाईना बजारले विटुसी अर्थात व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म चाइना बजारसँगै हामीले चाइना बजारको एक्स्पेरियन्स स्टोर पनि संचालनमा ल्याएका छौँ । यो एक्स्पेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव लिने अवसर दिन्छ । हामी यसलाई विस्तारै देशभरिका प्रमुख सहरमा खोल्दै जानेछौँ । पहिलो चरणमा हामी एक वर्षभित्र दुई सहर वीरगन्ज र भैरहवामा चाइना बजारको एक्स्पेरियन्स स्टोर खोल्दैछौँ । त्यसपछि हामी बिटुबी अर्थात् व्यवसायदेखि व्यवसायसम्मको सेवा पनि नेपालभर दिनेछौँ । चाइना बजारमार्फत साना व्यापारीहरूले पनि लाभ लिन सक्नेछन् । यस्तै हामी सिल्क ग्रुपलाई आईपीओमा लैजाने योजनामा छौँ ।’

चाइनाबजारमार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, सही र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा पर्ने अतिरिक्त शुल्कको भार अब ग्राहकहरुलाई नपर्ने कम्पनीले जनाएको छ । चाइनाबजारले आफै चीनका उत्पादनकर्ताबाट सामान खरिद गर्ने र कम्पनीकै गोदाममा भण्डारण गरि ग्राहकसम्म डेलिभरी गर्ने काम पनि आफैले गर्ने जनाएको छ । यसले डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासाथ सुरुमा चाइनाबजारमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामान एवं स्वास्थ्य तथा सौन्दर्य सामग्री उपलब्ध हुनेछन् । कम्पनीकाअनुसार ग्राहकले ईसेवा र खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।