अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, छाप्न बाँकी सबै लाइसेन्स तयार

Jul 30, 2026 12:31 PM Merolagani



यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका सवारी चालकहरूलाई आफ्नो लाइसेन्स नवीकरण गर्न आह्वान गरेको छ।

विभागले नवीकरणपछि नयाँ व्यवस्थाअनुसार १० वर्षको लागि लाइसेन्स उपलब्ध गराउने भएको छ।

‘म्याद सकिन १ वर्षभन्दा कम अवधि भएका लाइसेन्सहरू अहिले छपाइ भइरहेका छैनन्। त्यसैले चालकहरूले नवीकरण गरेर १० वर्षको अवधिको लाइसेन्स लिनु उपयुक्त हुन्छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ।

यसैबीच, विभागले विगत ४ वर्षदेखि रोकिएको लाइसेन्स छपाइको काम सम्पन्न भएको जनाएको छ। गत असारसम्मका सबै पुराना आवेदनहरूको लाइसेन्स छापिएको र साउन ७ सम्म २७ लाख ४७ हजार भन्दा बढी लाइसेन्स वितरणका लागि विभिन्न यातायात कार्यालयहरूमा पठाइएको विभागको भनाइ छ। सुरक्षण मुद्रण केन्द्रसँगको नयाँ सम्झौतापछि लाइसेन्स छपाइ प्रक्रियाले गति लिएको हो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।