राष्ट्रिय सुरक्षा परिषदको बैठकः सामाजिक सदभाव र राष्ट्रिय एकता कायम राख्न प्रभावकारी समन्वय गर्ने

Jul 30, 2026 03:02 PM Merolagani



प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।

सिंहदरबारमा बसेको उक्त बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन सबै सुरक्षा निकाय तथा सरोकारवालाहरू बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा मुलुकको शान्ति सुरक्षाको पछिल्लो अवस्था र यही साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको थियो। राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको स्थिति सामान्य बन्दै गरेको ब्रिफिङ भएको थियो ।

 

बैठकपछि परिषदद्वारा जारी विज्ञप्ति अनुसार, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँगको समन्वयमा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको भावना कायम राख्ने गरी कार्यसम्पादन गरिनेछ। यसका साथै, मनसुनजन्य विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूबीचको आपसी समन्वयलाई अझ सुदृढ बनाउने निर्णय समेत भएको छ।

बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।