सिरहाको गोलबजारमा गोली लागेर अर्का एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो

Jul 30, 2026 04:41 PM Merolagani



सिरहाको गोलबजारमा बिहीबार दिउँसो दुई समूहबीच भएको झडप र प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोलबजार–३ का गणेश यादव रहेका छन् ।

वडाध्यक्ष धनप्रसाद लामाका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन्, जसको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका कारण शव उठाउन समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास मात्र प्रहार गरिएको प्रशासनको भनाइ छ । हाल सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

यो सँगै अहिलेसम्म सुनसरी घटनाबाट तीन जनाको मृत्यु भइसकेको छ ।