लहान बजारमा पनि कर्फ्यु

Jul 30, 2026 04:41 PM Merolagani



सुनसरीको कप्तानगन्ज घटनालाई लिएर झडप हुन थालेपछि सिरहाको लहान बजारमा पनि कर्फ्यु लगाइएको छ।

बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको कर्फ्यु आदेशमा कुनै पनि व्यक्तिले आवतजावत गर्न नपाउने जनाइएको छ।

लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला ९बाटिका होटल पश्चिम०सम्म, दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको थियो।

कर्फ्युको समयमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ, नाराबाजी गर्न रोक लगाइएको छ।