मारुति सुजुकीका अन्य चार नयाँ एसयूभी बजारमा आउने, कुन–कुन हुन् ? यस्ता छन् विशेषता

Aug 02, 2026 06:14 AM Merolagani



मारुति सुजुकीले हालै १.० लिटर टर्बो–पेट्रोल इन्जिन र केही परिमार्जित डिजाइनका साथ ‘ब्रेजा फेसलिफ्ट’ बजारमा ल्याएको छ।

यसको सफलतासँगै कम्पनीले अब आफ्ना तीन लोकप्रिय मोडलहरू- बलेनो ह्याचब्याक, फ्रोन्क्स कम्प्याक्ट क्रसओभर र ग्रान्ड भिटारा मिडसाइज एसयूभीको फेसलिफ्ट संस्करण यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

यति मात्र होइन, मारुति सुजुकीले सन् २०२६ को अन्त्यसम्ममा वाइएमसी कोडनाम दिइएको नयाँ मोडलमार्फत इलेक्ट्र(मल्टि पर्पस भेहिकल) क्षेत्रमा पनि प्रवेश गर्ने अपेक्षा गरिएको छ। आगामी मोडलहरूका मुख्य विशेषताहरू यस प्रकार छन् ।

१. २०२६ मारुति बलेनो फेसलिफ्ट

नयाँ बलेनोको मुख्य बनोट पुरानै जस्तो रहे पनि यसमा नयाँ ग्रिल, परिमार्जित बम्पर र रि–डिजाइन गरिएको एलइडी हेडल्याम्पहरू हुनेछन्। यसका साथै नयाँ डाइमन्ड–कट एलोय ह्विल्स र परिमार्जित एलईडी टेलल्याम्पले यसलाई थप आकर्षक बनाउनेछ। भित्री भागमा भेन्टिलेटेड फ्रन्ट सिट र नयाँ अपहोल्स्ट्री उपलब्ध हुने सम्भावना छ। यद्यपि, यसको इन्जिनमा भने कुनै परिवर्तन गरिने छैन।

२. २०२६ मारुति फ्रोन्क्स फेसलिफ्ट

सार्वजनिक भएका केही तस्बिरहरूका अनुसार नयाँ फ्रोन्क्स फेसलिफ्टमा ‘एडास’ सेफ्टी फिचर समावेश गरिनेछ। यसमा ठूलो टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट र पूर्ण रूपमा डिजिटल ड्राइभर डिस्प्ले जस्ता आधुनिक सुविधाहरू थपिनेछन्। यसको इन्जिन विकल्पमा १।२ लिटर न्याचुरल्ली एस्पिरेटेड पेट्रोल र १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल इन्जिन यथावत रहनेछन्।

३. २०२६ मारुति ग्रान्ड भिटारा फेसलिफ्ट

मारुति ग्रान्ड भिटाराले आफ्नो पहिलो ठूलो अपडेट पाउने तयारीमा छ। यसबारे धेरै विवरण बाहिर नआए पनि यसको बाहिरी बनावटमा सुधार र नयाँ फिचरहरू थपिने बताइएको छ। इन्जिन सेटअप पहिलेकै जस्तै रहनेछ। विशेष गरी यसको ऋल्न् संस्करणमा नयाँ ब्रेजामा जस्तै गाडीको तल्लो भागमा सिलिन्डर राखिने प्रविधि प्रयोग हुन सक्छ।

४. मारुति वाईएमसी इलेक्ट्रिक एमपीभी

मारुतिको यो पहिलो इलेक्ट्रिक एमपीभी ‘हार्टेक्ट-ईु प्लेटफर्ममा आधारित हुनेछ, जुन यसअघि चर्चामा रहेकोमा पनि प्रयोग गरिएको छ। यसमा क्लोज्ड-अफ ग्रिल, ब्याट्री कुलिङ भेन्ट्स र आकर्षक एलोय ह्विल्स हुनेछन्।

सुविधाका हिसाबले यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पावर र भेन्टिलेटेड सिट र डिजिटल डिस्प्ले रहनेछन्। बजारमा आएपछि यसले किया कारेन्स इभी र एमजी विन्ड्सर इभीसँग प्रतिस्पर्धा गर्नेछ। मारुति सुजुकीका यी नयाँ अपडेट र लन्चले अटोमोबाइल बजारमा कम्पनीको पकड अझ बलियो बनाउने विश्वास गरिएको छ।




प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।