कुमारी बैंकको परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी हस्तान्तरण

Jul 31, 2026 04:45 PM Merolagani



कुमारी बैंक लिमिटेड (@KBL@)को गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधा बमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

 

बना देवी बोहराका श्रीमानको दुर्घटनाबाट निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

 

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउँदै आएको छ । 

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले गरेको जनाएको छ ।

 

 

कुमारी बैंकले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटिएम, ४० शाखारहित बैंकिङ बिन्दुहरू मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।