काठमाडौँमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन नै एक मात्र विकल्प भएको बताएका हुन्।
अध्यक्ष सुवेदीले विद्यालय कर्मचारी, इसिडी र अनुदान कोटाका शिक्षकको तलब वृद्धि नभएको, सरुवा प्रक्रिया झन् जटिल बनाइएको र प्रधानाध्यापकहरूमाथि राजनीतिक दबाब बढाइएको भन्दै सरकारको आलोचना गरे। उनले भदौ १८ मा आफ्नो कार्यकाल सकिनुअघि नै निर्णायक आन्दोलन सुरु गर्ने संकेत समेत गरे।
यसअघिका आन्दोलन र सहमतिहरू राजनीतिक अस्थिरताका कारण कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै महासंघले यसपटक सबै माग सम्बोधन हुने गरी 'अग्रगामी विद्यालय शिक्षा ऐन'का लागि दबाब दिने जनाएको छ।