दुई खर्ब नाघ्यो जीवन बीमा व्यवसाय: सुस्ताएको बजारमा कसको कस्तो आयो नतिजा?

Aug 03, 2026 02:18 PM Merolagani



अर्थतन्त्रमा चौतर्फी शिथिलताका बाबजुद गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको छ। 

नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष जीवन बीमकहरूको समग्र व्यवसाय दोहोरो अंकले उकालो लागेको छ। बजार सुस्ताएको भनिए पनि बीमकहरूले उल्लेख्य मात्रामा कारोबार विस्तार गर्न सफल भएका छन्।

कुल बीमाशुल्क आर्जनमा १२ प्रतिशतभन्दा बढीले बढ्याे

समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले समग्रमा २ खर्ब १ अर्ब ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो बीमाशुल्क १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँमा सीमित थियो। गत वर्षको तुलनामा यस वर्ष समग्र जीवन बीमा व्यवसाय १२ दशमलव ४३ प्रतिशतले बढेको छ।

यस क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ खर्ब ३६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क संकलन गर्दै बजारमा आफ्नो बलियो पकड र अग्रता कायम राखिरहेको छ। त्यस्तै, नेसनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको कुल व्यवसाय पनि फराकिलो बन्दै गएको छ भने प्रतिशतगत वृद्धिको आधारमा आइएमई लाइफको कुल व्यवसाय ३७ दशमलव ९६ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

प्रथम बीमाशुल्क संकलनमा उत्साहजनक प्रगति

नयाँ ग्राहकहरू बजारमा जोड्नेक्रम र व्यवसाय विस्तारको गति कस्तो छ भन्ने देखाउने प्रथम बीमाशुल्कको सूचक यसपटक निकै उत्साहजनक देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब १ करोड ७६ लाख रुपैयाँ रहेको कुल प्रथम बीमाशुल्क यस वर्ष बढेर ४ अर्ब ९४ करोड ३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा यस सूचकमा २२ दशमलव ९७ प्रतिशतको उच्च वृद्धि हासिल भएको छ। यसले कठिन परिस्थितिमा पनि कम्पनीहरूले आक्रामक रूपमा बजार विस्तार गरिरहेको संकेत गर्छ।

नवीकरण बीमाशुल्कले थप्यो बजारमा दिगोपन

कम्पनीहरूको दीर्घकालीन वित्तीय स्वास्थ्य र बलियो आयस्रोतका रूपमा हेरिने नवीकरण बीमाशुल्कमा पनि सन्तोषजनक प्रगति भएको छ। अघिल्लो वर्ष १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ रहेको नवीकरण बीमाशुल्क यस वर्ष ९ दशमलव ३६ प्रतिशतले बढेर १५ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ। यसले आर्थिक दबावका बीच पनि बीमितहरूले आफ्ना पुराना पोलिसीहरूको निरन्तरता दिएको र बीमाप्रतिको विश्वास कायमै रहेको प्रस्ट्याउँछ।

सक्रिय बीमालेखको संख्यामा सामान्य वृद्धि

बीमाको पहुँच कुन रूपमा विस्तार भइरहेको छ भन्ने बुझाउने सक्रिय बीमालेखको संख्यामा भने समग्र बजारमा २ दशमलव ८० प्रतिशतको सामान्य वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ करोड १५ लाख २७ हजार ९ सय ९४ वटा सक्रिय बीमालेख रहेकोमा यस वर्ष यो संख्या बढेर १ करोड १८ लाख ५० हजार ३ सय ९१ पुगेको छ।

केही ठूला र पुराना कम्पनीहरूको सक्रिय बीमालेख संख्यामा भने सामान्य गिरावट वा सुस्तता आएको तथ्यांकले देखाएको छ। तर अधिकांश नयाँ र मझौला कम्पनीहरूले भने संख्या र रकम दुवैतर्फ आक्रामक छलाङ मारेका छन्। समग्रमा, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद पनि जीवन बीमा क्षेत्रले आफूलाई व्यवसायिक र आर्थिक रूपमा निकै दह्रो रूपमा उभ्याउन सफल भएको यो तथ्यांकले प्रस्ट पारेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।