अब बत्ती जाने/आउने सूचना मोबाइलमै: विद्युत् प्राधिकरणको केवाईसी फारम अनलाइनबाटै यसरी भर्नुहोस्

Aug 03, 2026 04:31 PM Merolagani



अब तपाईंको क्षेत्रमा कहिले बत्ती जान्छ र कहिले आउँछ भन्ने जानकारी नेपाल विद्युत् प्राधिकरणले सिधै तपाईंलाई उपलब्ध गराउने भएको छ। यसका लागि प्राधिकरणले आफ्ना ग्राहकहरूको तथ्यांक अद्यावधिक (KYC) गर्ने कार्य तीव्र पारेको छ।

ग्राहकको सही विवरण नहुँदा सूचना दिन कठिनाइ भएपछि प्राधिकरणले अनलाइनबाटै केवाईसी भर्ने सुविधा ल्याएको हो। अब ग्राहकले घरमै बसेर https://kyc.nea.org.np पोर्टल प्रयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठका अनुसार, यो प्रणाली लागू भएपछि ग्राहकले विद्युत् आपूर्ति सम्बन्धी जानकारीहरू समयमै प्राप्त गर्नेछन्। प्राधिकरणले यो सेवा पूर्णतः अनलाइन बनाएकाले ग्राहकहरूलाई विद्युत् महसुल केन्द्र वा कार्यालयसम्म जानुपर्ने बाध्यता नरहेको समेत स्पष्ट पारेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।