जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वित्तीय विवरणले बजारको यो यथार्थ बाहिर ल्याएको छ।
सङ्कलित कुल बीमाशुल्कको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक्लै करिब ५३ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै बजारमा आफ्नो बलियो र फराकिलो वर्चस्व कायम राखेको छ। समीक्षा अवधिसम्म देशका यी जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन २०४ अर्ब ५९ करोड रहेकोमा, नेपाल लाइफको मात्रै बजार हिस्सा करिब २६.८४ प्रतिशत रहेको छ। यसले समग्र जीवन बीमा बजारको एक चौथाईभन्दा बढी हिस्सा एउटै मात्र कम्पनीको नियन्त्रणमा रहेको देखाउँछ।
|
क्र.सं.
|
बीमक (कम्पनीको नाम)
|
सक्रिय बीमालेख संख्या
|
कुल बीमाशुल्क (रु. लाखमा)
|
|
१
|
नेपाल लाइफ इ. कम्पनी लि.
|
१९,८२,९२३
|
५,३६,८८४.५९
|
|
२
|
नेशनल लाईफ इ. कं.लि.
|
१३,३३,६५९
|
२,४६,८५७.४९
|
|
३
|
लाइफ इ. कर्पोरेशन (नेपाल) लि.
|
७,०८,०५७
|
२,१२,३३९.३४
|
|
४
|
हिमालयन लाइफ इ.लि.
|
४,२७,७१५
|
१,८५,६०५.८७
|
|
५
|
सुर्यज्योति लाइफ इ. क. लि.
|
५,७१,७४०
|
१,२९,०६७.३१
|
|
६
|
एशियन लाइफ इ. क. लि.
|
५,६७,५३६
|
१,०४,३६५.४८
|
|
७
|
राष्ट्रिय जीवन बीमा क. लि.
|
५,६३,२५८
|
९६,४०५.०५
|
|
८
|
सिटिजन लाइफ इ. क. लि.
|
७,०९,३०६
|
९१,६८९.७२
|
|
९
|
सानीमा रिलायन्स लाइफ इ. लि.
|
४,३५,०८८
|
७९,९४२.७६
|
|
१०
|
आइएमई लाइफ इ. क. लि.
|
६,८७,९५०
|
७४,५४१.०७
|
|
११
|
मेट लाइफ
|
७,६७,९३०
|
६८,६०३.२७
|
|
१२
|
रिलायबल नेपाल ला. इ. क. लि.
|
२४,४१,७६१
|
६४,२०८.८०
|
|
१३
|
प्रभु महालक्ष्मी लाइफ इ. लि.
|
२,५६,०७०
|
६३,३६९.८०
|
|
१४
|
सन नेपाल लाइफ इ. क. लि.
|
३,९७,३९८
|
४६,३१०.५३
|
|
|
जम्मा
|
१,१८,५०,३९१
|
२०,००,१९१.०८
|
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१ अर्ब २३ करोड कुल बीमाशुल्क संकलन गर्दै बजारका अर्का ठूला खेलाडीका रूपमा उभिएका छन्। यसै क्रममा हिमालयन लाइफ इन्स्योरेन्सले पनि १८ अर्ब ५६ करोड भन्दा बढीको कुल व्यवसाय भित्र्याउन सफल भएको छ।
यसको ठीक विपरित, बजारमा रहेका साना कम्पनीहरूको व्यवसायको आकार भने निकै सानो र सीमित दायरामा खुम्चिएको छ। उदाहरणका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ६३ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ अर्ब ३३ करोड रुपैयाँ हाराहारीमा मात्रै कुल बीमाशुल्क संकलन गर्न सकेका छन्। यी साना बीमकहरूको कुल व्यवसाय ठूला कम्पनीहरूको तुलनामा नगण्य जस्तै देखिन्छ।
सक्रिय बीमालेखको संख्यामा पनि यही असमानता झल्किन्छ। नेपाल लाइफ इन्स्योरेन्सको सक्रिय बीमालेख संख्या १९ लाख ८२ हजार ९ सय २३ पुगेको छ भने रिलायबल नेपाल लाइफले पनि २४ लाख ४१ हजारभन्दा बढी बीमालेख कायम गरेको छ। तर अन्य साना कम्पनीहरूको ग्राहक दायरा र सक्रिय बीमालेख संख्या निकै कम रहेको छ।
यसरी कुल बीमाशुल्क र सक्रिय बीमालेखको आकारलाई हेर्दा नेपालको जीवन बीमा बजारमा ठूला र पुराना कम्पनीहरूले एकाधिकार जमाउँदै गएको स्पष्ट हुन्छ भने साना कम्पनीहरूलाई प्रतिस्पर्धामा टिक्न र बजार हिस्सा विस्तार गर्न ठूलै व्यावसायिक कसरत गर्नुपर्ने अवस्था विद्यमान छ।