सम्झौता अनुसार साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी र खातावाला ग्राहकहरूले ट्रयांक्यूलिटी स्पाका सेवाहरूमा उल्लेख्य छुट प्राप्त गर्नेछन् । बैंकका कर्मचारीहरूले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी, बैंकमा खाता रहेका ग्राहकहरूले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत र ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र ट्रयांक्यूलिटी स्पाका तर्फबाट लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका हुन्। २०८० साउन १८ गते गरिएको यो सम्झौता आगामी दुई वर्षका लागि लागु हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस सहकार्यबाट बैंकका कर्मचारी र ग्राहक महानुभावहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा आफ्नो सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।