गरिमा विकास बैंककाे नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

Aug 06, 2026 08:38 AM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा राम्रो वृद्धि देखिएको छ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ।

असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँबराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्ष ६४ करो ७० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेकाे छ।

बैंकले साधारण शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत आर्थिक वर्षमा बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस शेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ।सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।