आयाे है नेपाल लाइफको ५ प्रतिशत बोनश शेयर खातामा

Aug 06, 2026 11:34 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ ।

 

कम्पनीको २०८२ पुस १९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।

२०८२ को पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको छ ।