कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस बिहान साढे १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा अन्दाजी ४० वर्षीया महिला रहेकी छिन् ।
घाइते ६ जनाको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।