कांग्रेस विवादमा सर्वोच्चको नयाँ आदेश- गगन थापाको आधिकारिकतामाथि पुनः सुनुवाइ हुने

Aug 06, 2026 03:42 PM Merolagani



नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर जारी कानुनी लडाइँमा शेरबहादुर देउवा पक्षलाई प्रारम्भिक सफलता मिलेको छ। 

सर्वोच्च अदालतको पूर्ण इजलासले देउवाको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति (निस्सा) दिएको छ।

प्रधानन्यायाधीश मनोज शर्मासहितको इजलासले गरेको यो निर्णयसँगै गगन थापा नेतृत्वको कमिटीलाई आधिकारिक मान्ने यसअघिको फैसला पुनरावलोकन हुने भएको छ।

यसअघि सर्वोच्चले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको टोलीलाई नै वैधानिकता दिएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। अब यो मुद्दामा फेरि नयाँ शिराबाट बहस र सुनुवाइ सुरु हुनेछ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।