कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाहरुको लाभांश घोषणा

Aug 07, 2026 09:47 AM Merolagani



कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।

क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ यी योजनाहरुले भदौ ४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।